सल्यान बस दुर्घटना अपडेट:   घाइते विकको मृत्यु

दाङ | बैशाख ६, २०८१

सल्यान बस दुर्घटना अपडेट:   घाइते विकको मृत्यु

दाङ:     सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । 


मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए ।


बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।


 

यो पनि पढ्नुहोस

 

 


दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बाघचौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो ।


अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्